Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखामा ६ वटा खानेपानी आयोजनाको निर्माण सम्पन्न, १८ वटा अन्तिम चरणमा


1.4K
Shares

गोरखामा ६ वटा खानेपानी आयोजनाको निर्माण सम्पन्न, १८ वटा अन्तिम चरणमा

गोरखा, २५ बैशाख (रासस) : गोरखा जिल्लामा चालु आर्थिक बर्ष ०७९/०८० मा ६ वटा खानेपानी योजनाहरु निर्माण सम्पन्न भएका छन् । जिल्लामा बिनियोजित योजनाहरु मध्ये चालु आर्थिक बर्षमा मात्र ६ वटा योजनाहरु सम्पन्न भइसकेका र १८ वटा योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।

सिरानचोक गाउँपालिका–२, स्थित थालाजुङ आरुबोट कोप्चे खानेपानी आयोजना, धार्चे गाउँपालिका–३ मा रहेको उतिसखोला खानेपानी आयोजना, आरुघाट गाउँपालिका वडा नम्बर ९ मा रहेको आरुबोट कोप्चे खानेपानी आयोजना यसबर्ष निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै पालुङटार नगरपालिका ३ स्थित पाच्यान जुगेखोला खानेपानी योजना, चुमनुब्री गाउँपालिका वडा नम्बर १ मा रहेको सामागाउँ खानेपानी आयोजना र गोरखा नगरपालिका –१, मा रहेको बाह्रबिसे ताप्ले खानेपानी आयोजना पनि चालु आर्थिक बर्षमा निर्माण सम्पन्न भएको प्रमुख पौडेलले बताउनुभयो । त्यस्तै बाहेक १८ वटा खानेपानी आयोजनाहरु चालु आर्थिक बर्ष भित्रै निर्माण सम्पन्न हुने प्रक्रियामा रहेको उहाँको भनाई छ ।

‘९५ प्रतिसत निर्माण सम्पन्न भएका पनि थप १४ वटा आयोजनाहरु छन्, उहाँले भन्नुभयो, ९० प्रतिसत निर्माण सम्पन्न भइसकेका योजनाहरु चालु आर्थिक बर्षको असार मसान्तसम्म निर्माण सम्पन्न हुन्छ, । प्रमुख पौडेलले जिल्लाभर निर्माणको प्रक्रियामा रहेका मध्ये थप ४ वटा आयोजनाहरुको पनि ९० प्रतिसत भन्दाबढी काम भइसकेको बताउनुभयो ।

उहाँले जिल्लाको आरुघाट, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका भित्र दुई/दुई वटा, पालुङटार नगरपालिकामा ३ वटा, भीमसेन थापा, अजिरकोट र गोरखा नगपालिका भित्रका एक/एक वटा आयोजनाको ९५ प्रतिसत काम सम्पन्न भइसकेको बताउनुभयो ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिका भित्रका दुई तथा अजिरकोट गाउँपालिका र गोरखा नगरपालिका भित्र एक/एक वटा आयोजनाको काम ९० प्रतिसत भइसकेको प्रमुख पौडेलले बताउनुभयो । जिल्लामा रहेको योजना मध्ये गण्डकी प्रदेश सरकार अन्र्तगत खानेपानी तथा सरसरसफाई डिभिजन कार्यालयको तर्फबाट मात्र दुईसय ३५ वटा योजनाहरु रहेका छन् ।

त्यस्तै संघिय सरकारको सशर्त अनुदान कार्यक्रम तथा योजनको जलबायु अनुकुलित बृहत खानेपानी योजना अन्र्तगतका कार्यक्रमहरु पनि गोरखामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology