Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


861
Shares

थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २१ बैशाख । थाइल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २७ बालुवा स्थाई घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं। ९ म्याग्दी चोक बस्ने ३१ वर्षीय नन्दलाल महतो पक्राउ परेका हुन् ।

महतोले भिम बहादुर बुढालाई वैदेशिक रोजगारीका लागि थाइल्याण्ड पठाईदिने, थाइल्याण्ड जान प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँ लाग्ने र थाइल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु मासिक एक लाख बढी तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरेको जनाईएको छ । उनले पिडितबाट पटकपटक गरी ३ लाख ५० हजार रकम लिई सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई वैशाख २० गते टोखा म्याग्दी चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका महतोलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology