Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

भिरबाट लडेर गर्भवती महिलाको मृत्यु


1.8K
Shares

भिरबाट लडेर गर्भवती महिलाको मृत्यु

काठमाडौं, १३ वैशाख । जोरायल गाउँपालिका—१ की एक गर्भवती महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मल्ल मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा जानु भएकी थिइन । दिउँसो खाना खाने समयमा पनि उहाँ घर नफर्केपछि खोजतलास गर्दा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको उहाँका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको भिरबाट शव निकालिएको थियो । मृतकको शव पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरी चौकी गैराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology