कञ्चनपुर,९ बैशाख । बाघको आक्रमणपछि बेपत्ता भएकी महिलाको शव भेटिएको छ । शुक्रबार बाघले आक्रमणले गरेर बेपत्ता बनाएका ेबेलौरी नगरपालिका ८ पचुईकी ४२ वर्षीया गंगा चन्द शव भेटिएको कन्चनपुर प्रहरीले जनाएको छ । बाघले आक्रमण गरेको स्थानमा चन्दको शव भेटिएको हो ।
‘महिलाको शव भेटिएको छ, बाघले दलदलमा लुकाएकोले निकाल्ने प्रयास भइरहेको छ,’ सब डिभिजन वन कार्यालय कुण्डाका सहायक वन अधिकृत दिनेश यादवले भन्नुभयो, ‘बाघले आक्रमण गरेकै ठाउँमा शव भेटियो ।’बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछि शनिबार बिहानैदेखि खोजी सुरु भएको हो ।
बर्दियाबाट आएको प्राविधिक टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो ।