Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गाडीको ठक्करबाट शिक्षकको मृत्यु


693
Shares

गाडीको ठक्करबाट शिक्षकको मृत्यु

चितवन,८ वैशाख । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पौडेलको मृत्यु भएको हो । ठक्करबाट घाइते पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ९स्३५ बजे मृत्यु भएको उनले जानकारी दिनुभयो ।

ठक्कर दिने मिक्सर र चालक प्रहरीको नियन्त्रणमा छन् । मृतक पौडेल नेपाल शिक्षक सङ्घ चितवनका पूर्वअध्यक्ष थिए । सरदपुर माध्यमिक विद्यालयको पूर्वप्राध्यानाध्यापक एवं हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology