काठमाडौं, ६ वैशाख । कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्लाको स्थानीय कटनी खोलामा डुबेर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।