Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

आगलागीमा परेर ८३ वर्षीय वृद्धको मृत्यु


861
Shares

आगलागीमा परेर ८३ वर्षीय वृद्धको मृत्यु

गुल्मी, २४ चैत। गुल्मीमा गएराति आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । आगलागीमा परेर जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनुभयो।

जिसीको घरमा गएराति करिब १० बजे आगलागी भएको थियो । आगलागीबाट ढुंगा माटोले बनेको घर जलेर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

घरमा लागेको आगो नियन्त्रणका लागि प्रहरी निरीक्षक घिमिरेसहित १४ जनाको टोली घटनास्थल गएको थियो । आगलागीको कारण खुलेको छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology