Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त


924
Shares

राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त

काठमाडौं, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञमा पूर्वमन्त्री सुनीलबहादुर थापा नियुक्त हुनुभएको छ । राष्ट्रपतिका परराष्ट्र विज्ञ डा.सुरेशचन्द्र चालिसेले राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त हुनुभएको जानकारी दिनुभयो ।

नेता थापा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय कार्य समिति सदस्य पनि हुनुहुन्छ । धनकुटालाई राजनीतिक थलो बनाउनु भएका उहाँ पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।

यसअघि राष्ट्रपति पौडेलले परराष्ट्र विज्ञमा अलेक्जेन्डर भोन हम्बोल्डटको अध्येयतासमेत रहनुभएका डा. चालिसेलाई नियुक्त गर्नुभएको छ । उहाँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार पनि भइसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology