Nagarik Sawal

२०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

वडाध्यक्ष र सचिव घुससहित पक्राउ


931
Shares

वडाध्यक्ष र सचिव घुससहित पक्राउ

 

धनुषा, ९ चैत । वडाध्यक्ष र सचिव घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुस रकमसहित पक्राउ परेको हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई ५० हजार नगद घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा दर्ता कायम गर्ने सरजमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले निज वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई नियन्त्रणमा लिई थप कारबाही अघि बढाइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology