Nagarik Sawal

२०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रहरीको भ्यानबाट हामफालेर बलात्कारका आरोपी फरार


1.7K
Shares

प्रहरीको भ्यानबाट हामफालेर बलात्कारका आरोपी फरार

धनुषा । प्रहरीको भ्यानबाट हामफालेर बलात्कार आरोपका एक अभियुक्त फरार भएका छन्। जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित भागेका हुन्। धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट मुखिया भागेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

‘प्रहरी भ्यानमा ६७ जना प्रहरी र ४, ५ जना थुनुवा थिए,’ उहाँले भन्नुभयो, ‘एक अभियुक्त कसरी भागे भन्ने हामी अनुसन्धान गर्दैछौं।’ गौतम प्रहरीको भ्यानबाट हामफालेर भागेको बताइएको छ। फरार आरोपीको तिव्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीबाट उम्केर धनुषामा एक महिनामै थुनुवा फरार भएको यो दोस्रो घटना हो। गत माघ १५ गते इप्रका सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए। तीमध्ये २ जना अझै फरार छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology