Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

एमाले गोरखाले थाल्यो मिसन ग्रासरुट अभियान


1.2K
Shares

एमाले गोरखाले थाल्यो मिसन ग्रासरुट अभियान

गोरखा, १५ फागुन । गोरखामा नेकपा एमालेको मिसन ग्रासरुट अभियान शुरु भएको छ । एमाले स्थायी कमिटि सदस्य किरण गुरुङको उपस्थितिमा जिल्ला सदरमुकाममा आइतवार भएको कार्यक्रममा अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै स्थायी कमिटि सदस्य गुरुङले माओवादीको अस्थिर गतिविधिका कारण देशमा राजनीतिक उतारचढाव देखापरेको बताउनुभयो । नागरिकको विकास र समृद्धिको चाहना पूरा गर्न एमालेले देशको नेतृत्व गर्नु जरुरी रहेको भन्दै उहाँले ग्रासरुट अभियान त्यसैको प्रस्तान विन्दू भएको बताउनुभयो ।

बाटो बिराएकाहरु र निष्क्रिय रहेका पार्टी कार्यकर्तालाई संगठित गर्दै आगामी निर्वाचनमा नेकपा एमालेको एकल बहुमत आउने गरि पालिका, वडा, टोल र घरघरसम्म अभियान सञ्चालन गरिने स्थायी कमिटि सदस्य गुरुङको भनाई छ । नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य टुका हमाल र गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले मिसन ग्रासरुट अभियान सञ्चालनका सम्बन्धमा धारणा ब्यक्त गर्नुभएको थियो ।

यो अभियान अन्तर्गत फागुन १५ देखि २१ गतेसम्म ११ वटै पालिका कमिटिको बैठक बसेर दुई महिनासम्म चल्ने अभियानको योजना बनाइने एमाले जिल्ला कमिटि उपसचिव सुरेश श्रेष्ठले बताउनुभयो । त्यसपछि सबै पालिकाको वडा कमिटि, टोल कमिटि हुँदै घरघरसम्म अभियान सञ्चालन हुने उहाँको भनाई छ । अभियानका लागि पार्टीका ११ वटा कार्यादेश सहित ४ जना केन्द्रिय सदस्यलाई पालिकाहरुमा खटाइने छ ।

उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलन जस्ता काम गर्नेछन् । जस अन्तर्गत आरुघाट, चुमनुब्री र धार्चे गाऊँपालिकामा किशोरबिक्रम मल्ल, पालुङटार नगरपालिका सहित अजिरकोट र सिरानचोक गाऊँपालिकामा टुका हमाल, गोरखा नगरपालिका सहित भिमसेनथापा र वारपाक सुलिकोट गाऊँपालिकामा तिलक महत तथा गण्डकी र शहिद लखन गाऊँपालिकामा रविन्द्र अधिकारीलाई खटिनेछन् । यो अभियानबाट पार्टीले नयाँ गति लिने एमालेको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology