Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

नेपाल शिक्षक संघले छान्यो धार्चे गाउँपालिकामा नयाँ नेतृत्व


6.8K
Shares

नेपाल शिक्षक संघले छान्यो धार्चे गाउँपालिकामा नयाँ नेतृत्व

गोरखा, ६ फागुन । नेपाल शिक्षक संघ धार्चे गाउँपालिकाको सभापतिमा सुनिल गुरुङ चयन हुनुभएको छ । संघका जिल्ला सभापति शिव थापाको प्रमुख आतिथ्यतमा शनिबार भएको संघको दोस्रो अधिबेशनले गुरुङको अध्यक्षतामा २४ सदस्सीय पालिका स्तरीय समिति गठन भएको हो ।

नवगठित समितिको उपसभापति महिला पृति गुरुङ, उपसभापतिमा विरवल गुरुङ , सचिवमा धनबहादुर गुरुङ, अर्थसचिवमा सुजन गुरुङ, सहसचिवमा रामशंकर यादव, महिला सहसचिवमा आशा गुरुङ, अर्थसहसचिवमा रामपति गुरुङ, समावेशी सहसचिवमा सुरेन्द्र गुरुङ, समावेशी सहसचिव महिलामा रसमाया गुरुङ चयन हुनभएको संघले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा वडा नम्बर १ बाट निसा गुरुङ, वडा नम्बर २ बाट सुन्दरवावु खनाल, वडा नम्बर ३ बाट ३ सुनमाया घले, वडा नम्बर ४ बाट पुजा गुरुङ, वडा नम्बर ५ बाट मेघ गुरुङ , वडा नम्बर ६ बाट पवन लामिछाने र वडा नम्बर ७ बाट दिनेश लामिछाने चयन हुनुभएको हो । महिला सदस्य तर्फ भने प्रेरणा गुरुङ, सुबास्ना गुरुङ, सुकमाया गुरुङ चयन हुनुभएको संघले जनाएको छ ।

त्यस्तै खुल्ला सदस्य तर्फ निरज खनाल, टक बहादुर गुरुङ, रोसनी कुमाल र सागर गुरुङ चयन भएका छन् । अधिेबेशनमा पार्टीका जिल्ला समितिका सहसचिव लुमनाथ लामिछाने, महासमिति सदस्य फुलमाया गुरुङ नेविसंघ जिल्ला सभापति सुवास अधिकारी, नेपाली काग्रेस धार्चे गाउँपालिका पार्टी समितिका सभापति सन्तोष गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology