सन्दिप सुनार
टोकियो ६ फाल्गुन । जापान भ्रमणमा रहनुभएका गोरखाका जनप्रतिनिधिको टोलीलाई गोरखा समाज जापानले स्वागत गरेको छ । शुक्रबार एक कार्यक्रममा बिच गोरखा सेवा समाजले गोरखाबाट आएको जनप्रतिनिधिको टोलीलाई स्वागत गरेको हो । बारपाक सुलिकोट गाउपालिकाका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) गोरखा जिल्ला संयोजक बिष्णु भट्ट , पालुङटार नगरपालिकाका अध्यक्ष विवस चिन्तन (अजय) , बारपाक सुलिकोट गाउपालिकाकी उपाध्यक्ष सनमाया गुरूङ लगायतका जनप्रतिनिधिको टोलीले जापानमा रहेका गोर्खालीहरुको अबस्थाको बारेमा जानकारी समेत लिएका छन् ।
सोही अबसरमा जनप्रतिनिधिहरुले जापान भ्रमण र यहाँबाट सिकेका कुरालाई गाउँपालिकाको बिकास र सम्बृद्धिका लागि बुदाँगतरूमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफुहरूले गरेका कमिकमजोरीलाई खबरदारी गर्दै राम्रा कामहरूलाई प्रोत्साहान गर्न पनि जापानमा रहेका गोर्खालीहरुले गाउँपालिका अध्यक्ष भट्ले आग्रह गर्नुभयो । उहाँले जापानमा रहेर युवाहरूले सिकेका क्षमता र सिपलाई आफ्नै देशमा फर्केर लागू गर्न सक्ने वातावरण निर्माण गर्न स्थानीय सरकार लागि परेको उल्लेख गर्नुभयो ।
अनुकुल समयमा पनि देश वाहिर रहेको जिल्लाका नागरिकहरूसँग भेट गर्ने मौका जुराईदिएकोमा उहाँले गोरखा समाज जापानलाई धन्यवाद समेत दिनुभएको थियो । सोही अवसरमा पालुङटार नगरपालिकाका नगरप्रमुख बिबस चिन्तन (अजय) ले जापानमा कृषि क्षेत्रमा प्रयोग भएका आधुनिकिकरण र यस क्षेत्रमा रहेर काम गर्ने युवाहरूलाई आफ्नै देशमा सिप क्षमता लागू गर्न मिल्ने गरि आफुहरुले पहल गर्ने बताउनुभयो। स्वागत तथा भेटघाट कार्यक्रममा गोरखा जापान समाजका अध्यक्ष चुढामणी भट्टराईले जापनमा रहेका गोरखाबासीहरू अवस्था वारेमा जानकारी गराउनु भएको थियो ।
फेब्रुअरी ५ तारिखदेखि जापानको भ्रमणमा रहनु भएका गोरखाका पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी सहितका टोली शनिबार राती नेपाल फर्कने कार्यक्रम रहेको छ ।