Nagarik Sawal

२०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

टिपर दुर्घटना हुँदा चालकको मृत्यु


1.4K
Shares

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल,१२ माघ । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा ना ८ ख ७९२४ नम्बरको टिपर बुधबार राति दुर्घटना हुँदा टिपर चालक स्याङ्जा गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको उक्त टिपर बुधबार राति पौने १२ बजे तिर सडकबाट १२ सय मिटर तल खसेको थियो ।

खोजतलास गर्दा चालकको शव बिहीबार बिहान तिनाउ नदीको पानीमा फेला परेको डीएसपी थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology