Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

मौसम बदली : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना


2.4K
Shares

मौसम बदली : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना

काठमाडौं,४ माघ । आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु(भागमा हुस्सुरकुहिरो लागेको छ र बांकी भू(भाग सामान्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू(भागमा बिहीबार भने बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्मै रहने महाशाखाले जनाएको छ ।

यसपटक हिउँद सुरु भएदेखि पानी पर्न सकेको छैन । आकाशे पानीको भरमा खेती गर्ने पहाडी र हिमाली क्षेत्रका किसानले वर्षा पर्खिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology