Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय युवकको मृत्यु


833
Shares

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय युवकको मृत्यु

हेटौंडा,१५ पुस । मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकललाई धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया–५ तीनतलेमा ठक्कर दिंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक हेटौंडा(१८ फुर्केचौरका ३० वर्षीय विक्रम भम्जनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सबार ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०(२५ वर्षका नाम नखुलेका पुरुष गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology