Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गठबन्धनलाई जिताउने तर्फ ध्यान केन्द्रित गर्न काँग्रेस नेता सिवाकोटीको आग्रह


1.6K
Shares

गठबन्धनलाई जिताउने तर्फ ध्यान केन्द्रित गर्न काँग्रेस नेता सिवाकोटीको आग्रह

गोरखा, १६ कात्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबावु सिवाकोटीले गठबन्धनलाई जसरी पनि जिताउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नु भएको छ ।गोरखामा नेपाली काँग्रेसले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिवाकोटीले गठबन्धनलाई जिताउने तर्फ ध्यान केन्द्रित आग्रह गर्नु भएको हो ।

उहाँले अहिलेको चुनाव गठबन्धनको भएका कारण धेरै आकांक्षीहरुले चुनाव लड्न नपाएको र उनीहरुले विभिन्न कोणबाट बिरोध प्रकट गरेको भन्दै त्यस्ता क्रियाकलापले पार्टी र गठबन्धनलाई घाटा पुग्ने भएकाले तत्कालै त्यस्ता गतिबिधी रोक्नु पर्ने बताउनुभयो । अरुको उत्साहटमा लागेर पार्टीलाई क्षति पु¥याउने काममा नलाग्न आग्रह गर्दै त्यस्तो गरेको पाइएमा पार्टी सदस्य समेत नरहने गरी कारवाही हुने नेता सिवाकोटीले जानकारी दिनुभयो ।

पटक पटक संविधानको उल्लघंन गर्दै प्रतिनिधी सभा विघटन गर्ने र संविधान च्यात्ने केपी ओलीका कारण नेपाली काँग्रेसले संघमा ७४ सिटमा र प्रदेशमा पनि आधा भन्दा कम सिटमा सिमित भएर चुनावमा होमिनु र गठबन्धन बनाउनुको बताउनु्भयो । कार्यक्रममा सहभागी हुनु आएका नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले हिजोसम्मका जनप्रतिनिधी सेवक हुन नसकेको तर गठबन्धनबाट चुनिएका सबै सेवक हुने बताउनुभयो ।

सभापति शर्माले हिजो समस्या लिएर जनता नेताका धाउने प्रचलन भएता पनि अब भने जनताको समस्या बुझन नेता जनताकै घरमा आउनु पर्ने उहाँको भनाई छ । ‘यो भन्दा पहिले समस्या बोकेर हामी उनिहरुकेमा जानु पथ्र्यो’ सभापति शर्माले भन्नुभयो ‘अब हाम्रो समस्या बुझन उनीहरु हाम्रो घरमा आउनेछन् ।’ सोही कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशको संङ्कल्प २०७९ पुस्तिका र केही थान झण्डा समेत सभापति शर्माले गोरखाका सभापति नन्द प्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।

पार्टी सभापति न्यौपानेको सभापतित्वमा भएको भेटघाट कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवत्ता माधवप्रसाद बास्तोला, नेपाली काँग्रेस प्रचार प्रसार विभाग गण्डकी प्रदेशका उप–प्रमुख सिरोमणी बराल, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य पूर्णबहादुर दाहाल, बिनाकुमारी श्रेष्ठ, नेपाल प्रजातान्त्रिक लोकतान्त्रिक उद्योग बाणिज्य संघका सभापति चन्द्रकिशोर कर्माचार्य, कोषाध्यक्ष मिलन थापा, सदस्य जानुका अधिकारीका साथै कार्यकताहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology