गोरखा, १२ कात्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अबको पाँच बर्ष केन्द्रको नेतृत्व माओवादी केन्द्धका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र प्रदेशमा मुख्यमन्त्रीको रुपमा कांग्रेसका नेता सुरेन्द्र राज पाण्डेले नेतृत्व गर्ने सम्भावना रहेको बताउनु् भएको छ ।
अध्यक्ष प्रचण्ड सँगै गोरखा २ घरदैलो तथा मतदाता भेटघाटमा रहनु भएका भट्टराईले यस्तो बताउनु भएको हो । ‘अहिले यस्तो अवसर जुरेको छ अब आउने पाँच वर्ष जुन गठबन्धनको सरकार बन्छ त्यसको नेतृत्व कमरेड प्रचण्डले गर्ने पुरै सम्भावना छ ,’ उहाँले भन्नुभयो ‘ संघको नेतृत्व मुख्यमन्त्रीको रुपमा नेता पाण्डेले गर्ने पुरै सम्भावना छ । ’
स्थानीय तहमा पनि गठबन्धनको सरकार रहेको उहाँले बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय तह सबैको नेतृत्व हामीले पाइ सके पछि यो भन्दा भाग्यशाली ठाँउ कुन हुन्छ भनेर उहाँले प्रश्न गर्नुभयो ।
त्यसैले आँउदो पाँच वर्ष हाम्रो सपना पूरा हुने परभूत सम्भावना रहने बताउदै आसन्न निर्वाचनमा अध्यक्ष प्रचण्डलाई हाँसी हतैडा र नेता पाण्डेलाई रुख चिन्नमा मतदान गरेर सेवा गर्ने अवसर दिन आग्रह गर्नुभयो । साथै आफ्नो आस्था अनुसार समानुपातिक भोट हालेर सेवा गर्ने अवसर प्रदान गरिदिन पनि अनुरोध गर्नु भएको छ ।