Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

मतदाता भेटघाटका लागि माओवादी अध्यक्ष प्रचण्ड गोरखामा (यस्तो मतदाता भेटघाटको तालिका)


2.2K
Shares

मतदाता भेटघाटका लागि माओवादी अध्यक्ष प्रचण्ड गोरखामा (यस्तो मतदाता भेटघाटको तालिका)

गोरखा, ११ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन प्रचार प्रसारका लागि शुक्रबार गोरखा आइपुग्नु भएको छ । गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उमेद्वार एवं पूर्वप्रधानमन्त्री प्रचण्ड निर्वाचनका लागि मतदाता भेटघाटका लागि धादिङ हुदै गोरखाको आरुघाटमा आईपूग्नु भएको हो ।

सो क्रममा आरुघाटमा आयोजित कार्यकता भेटघाटका क्रममा उहाँले ४६ बर्ष अघि आफूले अध्यापन गराएको आरुघाटको सम्झना गर्नुभयो । अध्यक्ष प्रचण्डले शनिबारदेखि भने आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघट सुरु गर्नुहनेछ । अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग भेटघाटका लागि टोलटोलमा पुग्ने कार्यतालिका बनेको पार्टीका गोरखा जिल्ला संयोजक बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार कात्तिक १२ गते भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट सुरु गरेर बारपाक सुलिकोट गाउँपालिकाको गैह्रीछाप पन्द्रुङ, जराङ स्वाँरा हुदैँ भच्चेकसम्मका मतदातासंग भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै १३ गते सिरानचोक गाउँपालिकाको चिप्लेटी, चित्रेपोखरी थुम्की मैदान, चोरकोटे, पालुङटार नगरपालिकाको खोप्लाङ, सातदोबाटे, बागडाँडा हुदै नयाँपुलसम्मका मतदातासंग भेट गर्ने जिल्ला संयोजक भट्टले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology