गोरखा, ३ कात्तिक । वाईसिएल नेपाल गोरखा नगर समितिले गोरखा नगरपालिका मातहतका १४ वटै वडामा समिति पुनः गठन तथा बैठक अभियान सुरु गरेको छ ।
बुधबार गोरखा नगर अध्यक्ष सुवास तामाङको अध्यक्षतामा पार्टी बैकल्पिक केन्द्रीय सदस्य लेख बहादुर थापाको प्रमुख आतिथ्यतामा वाईसिएल नगर इन्चार्ज राजु रोका नगर पार्टी पदाधिकारीहरुको उपस्थितिमा २ वटा वडाको भेला गरी संयुक्त रुपमा वडा समिति गठन गरिएको हो । नगर समितिको भेलाले वडा नम्बर ६ र ७ को समिति पुनःगठन गरेको हो ।
वडा नं.६ वडा कमिटिको इन्चार्जको जिम्मेवारी रोहित सिर्मलले पाउनु भएको छ । यस्तै अध्यक्षमा राकेश श्रेष्ठ, उपाध्यक्षमा सुजन मरहठा, सचीवमा रमेश अछामी र कोषाध्यक्षमा बिजय थापा चयन भएको नगर समितिले जनाएको छ ।
यता वडा नं. ७ मा प्रदीप नेपालीलाई इन्चार्ज तोकिएको छ । कमिटिको अध्यक्षमा राज कुमार रोका, उपाध्यक्षमा अमृत पाण्डे, उपाध्यक्षमा कृष्ण रम्तेल, सचीवमा अमृत कोइराला, सह—सचिवमा बिसुल गुरुङ र कोषाध्क्षयमा जयराम अधिकारी नियुक्त भएका छन् ।