गोरखा, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ११ स्थित बाह्रकिलोमा कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालयको पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्नुभयो ।
मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि कार्यकर्ता भेटघाट छलफल तथा परिचालनका लागि कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा (ख) बामलोकतान्त्रिक गठबन्धनका उमेद्वार सुरेन्द्र पाण्डे, प्रदेशसभा (क) का उमेद्वार फडिन्द्र देवकोटा लगायतको सहभागिता रहेको थियो ।