Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बाबुराम भट्टराईको प्रश्न : स्वर्णिम वाग्लेजस्तो विद्वानलाई टिकट नदिएपछि देश बन्छ ?


2.6K
Shares

बाबुराम भट्टराईको प्रश्न : स्वर्णिम वाग्लेजस्तो विद्वानलाई टिकट नदिएपछि देश बन्छ ?

काठमाडौं, २८ असोज। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले देशकै ठूलो पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएरको टिप्पणी गरेका हुन् ।

‘नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ ?’ भट्टराईले प्रश्न गरे, ‘विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’अनलाइनखबर

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology