Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

प्रधानमन्त्री देउवाविरूद्ध उजुरी


1.1K
Shares

प्रधानमन्त्री देउवाविरूद्ध उजुरी

काठमाडौं, २४ असोज । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक,फरक मिति फेला परेको भन्दै उजुरी परेको छ ।

नागरिकतामा २००३ जेठ ३१ गते जन्म मिति रहेको प्रधानमन्त्री देउवाको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उहाँको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । देउवाकै क्षेत्रबाट उम्मेद्वार बन्नुभएका काँग्रेस विपिका कर्ण मल्लले उहाँ विरुद्ध उजुरी हाल्नुभएको हो ।

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध पनि उजुरी परेको छ । ललिता निवास जग्गा प्रकरणका आरोपित गच्छदारको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा उजुरी परेको हो । गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गर्नुभएको हो ।

नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख धरौटीमा रिहा हुनुभएको थियो । आज निर्वाचन आयोगले उम्मेद्वार बिरुद्ध उजुरी दिन पाउने कार्यतालिका सार्वजनिक गरेको थियो । सोही अनुसार देशभरिका बिभिन्न उम्मेद्वारहरुको उजुरी पर्ने क्रम जारी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology