Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

माओबादी केन्द्रले गोरखामा चुुनाबको तयारी गर्न असोज २८ गते अगुवा कार्यकर्ता भेला गर्ने


1.8K
Shares

माओबादी केन्द्रले गोरखामा चुुनाबको तयारी गर्न असोज २८ गते अगुवा कार्यकर्ता भेला गर्ने

गोरखा, २४ असोज । निर्वाचनको तयारीका लागी नेकपा माओबादी केन्द्रले यही असोज २८ गते अगुवा कार्यकर्ताहरुको भेला गर्ने निर्णय गरेको छ ।

जिल्ला स्थित केन्द्रीय समितिका सदस्यहरुको बैठकले निर्वाचनको तयारी थाल्न जिल्ला भरका पार्टीका अगुवा कार्यकताको भेला बोलाउने निर्णय गरेको पाटीका गण्डकी प्रदेश समितिका सदस्य लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

भेलामा गाउँपालिका पार्टी समितिका सदस्यहरु, वडापार्टी समितिका अध्यक्ष तथा सवै जनप्रतिनिधिहरु, जनवर्गिय संगठन, मेर्चा सम्र्पक समन्वयका जिल्ला सदस्यहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।

बैठकले निर्वाचनका लागि कमाण्डको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका सहइन्चार्ज हरीराज अधिकारीलाई जिम्मेवारी दिने निर्णय समेत भएको छ । त्यस्तै २९ गते जिल्ला स्थित सत्ता गठबन्धनमा रहेका दलका अगुवा कार्यकर्ताको भेला राख्ने निर्णय पनि आज भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology