Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा २ बाट उमेद्वारी दिएपछि अध्यक्ष प्रचण्डद्धारा बिहानैदेखि भेटघाट तिव्र


2.3K
Shares

गोरखा २ बाट उमेद्वारी दिएपछि अध्यक्ष प्रचण्डद्धारा बिहानैदेखि भेटघाट तिव्र

गोरखा, २४ असोज । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट उमदे्वारी दिएपछि नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज बिहानैदेखि भेटघाट र छलफल तिव्र पार्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले बिहान जिल्ला स्थित उपलब्ध पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश समितिका सदस्यहरुसंग भेटघाट गरी चुनावको तयारी र रणनीतिको बारेमा छलफल गर्नुभएको हो ।

उहाँले आज नै जिल्लामा रहेका सत्तारुढ गठबन्धनका दलका नेताहरुसंग पनि चुनाव केन्द्रीत छलफल गनुर््भएको बैठक गर्नुभएको जनाइएको छ । उमेद्वारी दर्ता गरि होटल गोरखा गार्डेनमा बस्नु भएका अध्यक्ष प्रचण्डले होटलमै बैठक तथा भेटघाटलाई तिव्र पार्नुभएको हो । सवैजसो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेत सहभागी रहनु भएको छ । अध्यक्ष प्रचण्ड आज नै काठमाण्डौ फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology