Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुँदै


1.8K
Shares

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

काठमाडौं, ११ असोज । निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो । यसैबीच, आयोगले निर्वाचन खर्चको सीमा निर्धारण सन्दर्भमा दलहरूसँग आज छलफल गरेको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार दलहरूसँग आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खर्च सीमा निर्धारणका सन्दर्भमा छलफल गरिएको जानकारी दिनुभयो । आयोगले दलहरूको खर्च विवरण ट्रयाक गर्ने योजनामा रहेको र खर्च विवरण ट्रयाक गर्नका लागि विभिन्न अनुगमन समिति बनाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology