Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

वाइसिएल गोरखाले बुझायो प्रसासनलाई ४ बुदेँ ज्ञापन पत्र (ज्ञापन पत्र सहित)


2.4K
Shares

वाइसिएल गोरखाले बुझायो प्रसासनलाई ४ बुदेँ ज्ञापन पत्र (ज्ञापन पत्र सहित)

गोरखा, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) ले बिभिन्न ४ बुदेँ माग राख्दै आज जिल्ला प्रसासन कार्यालय गोरखामा ज्ञापन पत्र बुझाएको छ । चाडवाड नजिकिदै गर्दा बजारमा कृतिम अभाव सिर्जना मूल्य बृद्धि गर्नसक्ने भन्दै बजार अनुगमनलाई तिव्र पार्नुपर्ने लगायतका माग राख्दै साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराललाई ज्ञापन बुझाएको वाइसिएल गोरखा सचिव रिजन बिश्वकर्माले जानकारी दिनुभयो ।

संगठनका जिल्ला संयोजक सागर श्रेष्ठको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा काला बजारियाहरुले चाडवाडको मौका छोपेर कालोबजारी गर्न सक्ने, कृतिम अभाव सिर्जना गर्नसक्ने भएकाले कडा बजार अनुगमन गर्न माग गरेको छ । त्यस्तै गोरखा सदरमुकामदेखि गोरखा जिल्ला भित्र चल्ने साविकका कच्ची सडकहरुमा ग्राभेल कतिपय सडकखण्डमा कालोपत्रे गरीसक्दा समेत यातायात व्यवासायीहरुले कच्चीकै भाडादर उठाउने गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्धारण गरे बमोजिमको भाडादर लागू गर्न वाइसिएल गोरखाले माग गरेको छ ।

चाडपर्वमा यात्रुहरुलाई आउजाउका लागी आबश्यक पर्ने सहज सुलभ यातायात सेवाको व्यवस्था मिलाउन, दुर्घटना रोकथाम न्युनीकरणका लागी सवारी साधानहरुमा क्षमता भन्दा बढी यात्रु बोक्ने नदिन पनि ज्ञापन पत्र मार्फत जिल्ला प्रसासन कार्यालयको ध्यानकर्षण गराईएको सचिव बिश्वकर्माले जानकारी दिनुभयो ।

संयोजक श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा डेंगी लगायतका किटजन्य रोगहरुको संक्रमण दिनानुदिन फैलदै गएकाले समयमै नियन्त्रणका लागी आबश्यक पहल गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न तथा आबश्यक तालिमको व्यवस्था गर्न पनि भनेको छ । ज्ञापन पत्र बुझ्दै साहायक प्रमुख जिल्ला अधिकारी बरालले वाइसिएलले बुझाएको माग उचित रहेको भन्दै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology