Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

अखिल क्रान्तिकारी गोरखाद्धारा संबिधान दिवसको अबसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न


2.3K
Shares

अखिल क्रान्तिकारी गोरखाद्धारा संबिधान दिवसको अबसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोरखा, ३, असोज । संबिधान दिवसको अबसरमा पारेर नेकपा माओबादी केन्द्रको भातृसंगठन अखिल नेपा राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (क्रान्तिकारी) को आयोजनामा गोरखा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ । “बर्तमान संबिधानमा जनयुद्धको भूमिका ” बिषयक बक्तृत्वकला प्रतियोगितामा द वल्र्ड क्यापिट बोडिङ स्कुलकी छात्रा प्रजिता बाँनिय प्रथम हुनु भएको छ ।

प्रतियोगितामा महालक्ष्मी माध्यामिक बिधालयकी छात्रा नमुना गिदेलमगर दोस्रो, महेन्द्र माध्यामिक बिधालयका छात्र मन्दिप लामा तेस्रो हुन सफल हुनुभएको छ भने मनकामना बोडिङ स्कुलका छात्र खेमकुमार घले सान्तव्ना हुनुभएको छ । प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई १५ हजार, दोस्रो हुनेलाई १२ हजार, तेस्रो हुनेलाई १० हजार तथा सान्तव्ना स्थान प्राप्त गर्नेलाई ८ हजार रुपैया सहित प्रमाण पत्र प्रदान गरिएको अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष बिष्णु पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा फरक क्षमता भएकी प्रतिस्पर्धी छात्रा स्वेच्छा देवकोटलाई पनि फरक क्षमता बिशिष्ट पुरस्कार रु २ हजार रुपैया सहित प्रमाण पत्र प्रदान गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा गोरखा नगरपालिका भित्रका १४ बिधालयका २४ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी हुने सवै बिधालय तथा सहभागी प्रतिस्पर्धीहरुलाई प्रमाण पत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

। नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एव निबर्तमान संघिय सांसद हरीराज अधिकारी (कुमार) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण धिताल (बिजय), बैकल्पिक केन्द्रीय सदस्य तथा निवर्तमान गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापा, जिल्ला समन्व्य समिति गोरखाका संयोजक मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख, माओबादी केन्द्र गण्डकी प्रदेश समितिका सदस्य एवंम अखिल क्रान्तिकारी गोरखाका फ्रयाक्सन इन्चार्ज अकुर तिमेल्सिना (आयाम), अखिल क्रान्तिकारी गण्डकी प्रदेशका इन्चार्ज शितिज सापकोटा, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology