Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

एकीकृत समाजवादीले समानुपातिक तर्फको उम्मेदवारको सूची भोलि टुंग्याउने


924
Shares

एकीकृत समाजवादीले समानुपातिक तर्फको उम्मेदवारको सूची भोलि टुंग्याउने

काठमाडौं, २ असोज। नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने चुनावको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सोमबार टुंग्याउने भएको छ ।

उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार सोमबार बस्ने सचिवालय बैठकले बन्द सूची टुंगो लगाउनेछ ।

प्रदेशबाट आएको नाम अहिले मिलाउने काम भइरहेको उहाँले बताउनुभयो । एकीकृत समाजवादीले वरिष्ठ, यसअघि समानुपातिक सांसद नभएका लगायतलाई समानुपातिक सूचीमा प्राथमिकता दिने छ।

निर्वाचन आयोगले समानुपातिक सूची बुझाउने समय असोज ३ गतेसम्मलाई दिएको छ । प्रत्येक दलले संविधान अनुसारको क्लस्टर मिलाएर ११० जनाको नाम पठाउनुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology