गोरखा, १ असोज । रास्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति गोरखाको आयोजनामा आज एकदिने पार्टी प्रशिक्षण शिविर सम्पन्न भएको छ । गोरखा सदरमुकाममा भएको प्रशिक्षण शिविरमा जिल्लाभरका ५० भन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको राप्रपाले जनाएको छ । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य रामराज कोइरालाले पार्टीको योजना कार्यक्रम तथा आगामी निर्वाचनमा खेल्नुपर्र्ने भूमिका लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
उहाँले पार्टीले लिएका एजेण्डलाई जनता माझ पु¥याएर जनताको मन जित्ने गरी काम गर्न अगुवा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । प्रशिक्षण शिविरमा पार्टीका केन्द्रीय सदस्य शंखर खराल, पार्टी गण्डकी प्रदेश समितिका उपाध्यक्ष उपाध्यक्ष राजेन्द्र बिक्रम शाह, सचिब बरुण बिक्रम राना लगायतले प्रशिक्षण मुलक मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै पार्टी प्रशिक्षण बिभागका सदस्य तथा गण्डकी प्रदेश प्रशिक्षण बिभागका इनचार्ज बरुण बिक्रम राना, शखर खरालले लगायतले पनि सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । राप्रपा जिल्ला अध्यक्ष भगवान दासमल्लको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष भिषण अर्याल, जिल्ला पार्टी सचीव रमेश रमण खनाल लगायतले जिल्ला पार्टीको अबस्था बारेमा जानकारी गराउनु भएको सो पार्टीले जनाएको छ ।