Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

युवा संघको मेची–महाकाली युवा जागरण अभियान सुरु


1.7K
Shares

युवा संघको मेची–महाकाली युवा जागरण अभियान सुरु

काठमाडौँ, १५ भदौ । एकीकृत समाजवादी निकट युवा संघको मेची–महाकाली युवा जागरण अभियान बुधबारबाट सुरु भएको छ ।

बुधबारबाट २३ भदौसम्म चल्ने अभियानमा खटिने संघका नेता तथा कार्यकर्तालाई अध्यक्ष माधवकुमार नेपालले बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच बिदाइ गर्नु भएको हो ।

खर्चिला उम्मेदवार बहिष्कार गरौँ, लोकतन्त्र सुदृढ गरौँ’, कृषि उत्पादन बिक्रीको सुनिश्चितता गरौँ, देशलाई समृद्धिको बाटोमा अगाडि बढाऔँ, श्रमिकलाई सम्मान र श्रमप्रति गर्व गरौँ, रोजगारीको सिर्जना गर्दै युवा पलायनलाई रोकौँ, सार्वजनिक क्षेत्रको शिक्षा र स्वास्थ्यको गुणस्तरमा सुधार गरौँ, स्वदेशमै पढ्न पाउने व्यवस्था गरौँ’ जस्ता नारा तय गरिएको संघका अध्यक्ष नरेश शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology