Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पृथ्वीनारायण शाह हिडेको बाटो पछ्याउदै गोरखाबाट पैदल यात्रा हिड्यो नेपाली सेना


15.9K
Shares

पृथ्वीनारायण शाह हिडेको बाटो पछ्याउदै गोरखाबाट पैदल यात्रा हिड्यो नेपाली सेना

 

पोष १८, गोरखा । पृथ्वी जयन्तीको पुर्व सन्ध्यामा नेपाली सेनाले गोरखा देखी काठमाण्डौं सम्मको पदयात्रा सुरु गरेको छ ।
तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।

युनिफिकेसन ट्रेल निर्माणका लागि नेपाल सरकारलाई सघाउने उद्वेश्यका साथ सेना उत्त मार्गमा पदयात्रामा हिडेको नेपाली सेनाका पश्चिम पृतना गोकुल भण्डारीले बताए ।

पुस २७ गते काठमाण्डौंको सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन नेपाली सेनाको टोली आज (शुक्रबार) गोरखाबाट हिड्को हो । एक कार्यक्रमका बिच गोरखा दरबारको हनुमान चौताराबाट बिहान ९ः१० बजे टोलीलाई बिदाई गरिएको छ ।

बिदाई पुर्व पृतनापती भण्डारी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र भीमसेन थापा गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले ‘टर्च, र नेपालको झण्डा टोलीलाई हस्तान्तरण गरेका थिए ।
पदयात्रामा हिडेको टोलीले पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवहादुर र सबुद गणको झण्डा सहित करिब ४० जनाको टोली पदयात्रामा निस्कने छ ।

गोरखा दरर्बारबाट निश्किएको टोलीमा गुरुजीको पल्टनका १० जना सैनिकहरु परम्परागत पोशाकमा सहभागि भएका छन ।

पदयात्रामा सहभागी सैनिकहरु आजै साँझ सम्म पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ्ग, घाटेबेंसी हुँदै बोर्लाङ्गघाट पुग्नेछन् । टोलीले धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डाहरु धादिङको टोलीलाई बुझाउने कार्यक्रम छ । यसैगरी धादिङले नुवाकोट र नुवाकोटले काठमाण्डौलाई हस्तान्तरण गरेपछि उक्त टोली २६ गते साँझ नै काठमाण्डौ पुग्ने कार्यक्रम रहेको छ ।

रिले दौड जस्तै गरी १८ गते गोरखाबाट लगिएको टर्च र झण्डा २७ गते काठमाण्डौंको कार्यक्रममा पु¥याइने छ ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले यस्तो कार्यले ऐतिहासिक पदमार्गको प्रर्वद्धन गर्नु साथै पर्यटन प्रवद्र्वनमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणका क्रममा काठमाण्डौं जान प्रयोग गरेको बाटोलाई एकिकरण पदमार्ग बनाउने बिषयमा केही साता अगाडी गोरखा आएका संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री योगेशकुमार भट्टराईले समेत प्रतिबद्वता जनाएका थिए ।

पदमार्गको सम्भाव्यता अध्ययनको काम भइरहेले आगामी वर्ष सरकारले बजेट विनियोजन गर्ने समेत उत्त कार्यक्रममा मन्त्री भट्टराईले बताएका थिए ।

राष्ट्रिय विभूती पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारको क्रममा धादिङ, नुवाकोट हुँदै काठमाण्डौं हमला गरेको इतिहास छ । छरिएर रहेका राज्यहरुलाई एकिकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जर्गेना गर्दै तत्कालिन बाटोलाई पदमार्ग बनाएर पर्यटन पर्वद्धन गर्न सकेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकलाई अझै आर्कर्षित गर्न सकीन्छ ।
केही महिना अघि मात्रै पनि नेपाली सेनाले गोरखाको ऐतिहासिक लिगलिगकोटबाट गोरखा दरर्बारसम्म आउन बाटो प्रयोग गर्दै म्याराथुन दौड समेत सम्पन्न गरी सकेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology