Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अब उखु बेच्नेबित्तिकै किसानले पैसा पाउने व्यवस्था गर्ने सरकारको दाबी


2K
Shares

अब उखु बेच्नेबित्तिकै किसानले पैसा पाउने व्यवस्था गर्ने सरकारको दाबी

काठमाण्डौ १७, पुस । सरकारले किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने वातावरण बनाउने दावी गरेको छ । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रियसभामा सांसदको प्रश्नको जवाफ दिँदै उखुको तौल गरिसकेपछि रकम किसानको खातामा जाने व्यवस्था गर्ने बताउनुभएको हो ।

उखु किसान र चिनी मिलको समग्र समस्या पत्ता लगाउन कार्यदल गठन गरेको भन्दै मन्त्री भट्टले कार्यदलको सुझावको आधारमा सरकार अघि बढ्ने बताउनुभयो । उद्योगीका मागअनुसार विदेशी चिनी आयातमा प्रतिबन्ध लगाएको भन्दै मन्त्री भट्टले चिनी उद्योगीको समस्या पनि सरकारले हल गर्ने दावी गर्नुभयो ।

नेपालका चिनी मिलमा पुरानो मेसिन भएका कारण भारतमा जस्तो थोरै उखुले धेरै चिनी दिन नसकेको र त्यसमा पनि सुधार गर्नुपर्ने उहाँले बताउनुभो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology