प्रीतम श्रेष्ठ
गोरखा २०, माघ ।
सन २०१९ डिसेम्बर देखी चीनमा देखिएको भनिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणले २०२१ को शुरुवाती दिनसम्म पनि बिश्वलाई त्रसित बनाईरहेको छ। १ फेब्रुवरी २०२१ सम्म आइपुग्दा २२ लाख ३८ हजार मान्छेले जीवन गुमाइसकेका छन भने १० करोड भन्दा धेरै मानिसलाई कोरोना सन्क्रमण देखी सकेको अबस्था छ । कोरोनाको सन्क्रमण र मृत्यु बढे सङ्गै बिश्व स्वास्थ्य सँगठन (WHO) ले ३१ जनवरी २०२० मा बिश्वब्यापी स्वास्थ्य आपतकालीन घोषणा गर्नु परेको थियो भने ११ मार्च २०२० मा सर्बब्यापी (बिश्वब्यापी) माहामारी (Pandemic) नै घोषणा गर्नु परेको थियो ।
चीनको बुहान देखी युरोप, अमेरिका, एसिया हुँदै बिश्वको सबै जसो देशमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड (१९ ले धेरै मानिसको मृत्यु सङै बिश्वको स्वास्थ्य क्षेत्र, आर्थीक क्षेत्रलाई पनी धेरै सन्कटग्रस्त बनायो । चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए – उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने। जब यो संक्रमण बुहानबाट युरोप र अमेरिका पुग्यो, यसका केहि मान्यता परिवर्तन भए । कोरोना संक्रमण लागेका व्यक्तिलाई माथिका लक्षण बाहेक पखाला लाग्ने, बान्ता आउने, टाउको दुख्ने, असाध्यै थकाइ लाग्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण देखिए ।
कोरोना संक्रमण ब्यापक भएपछि प्रायस् जसो देशले केहि समय लकडाउन, सटडाउन गर्यो, आबागमनलाई कडाइ, भिड्भाड हुने फिल्म हल, स्कुल, ब्यापारिक तथा औधोगिक क्षेत्रलाई ब्यबस्थित बनाउनुका साथै आबश्यकता अनुसार बन्द नै गरायो । त्यसका साथै व्यक्तिले भिड्भाडमा जादा अनिबार्य मास्क लगाउनु पर्ने, व्यक्तिगत दुरी कायम गर्नुपर्ने, साबुन पानीले मिचिमिची हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, सन्क्रमित स्थानदेखी आउनेहरुलाई क्वारेन्टाइन बसाउने, परिक्षण गर्ने, यदी कोरोना पोजेटिभ देखिएमा आइसोलेसन पठाउने, मनोसामाजिक परामर्श गर्ने, सपोर्टिभ स्वास्थ्य सेवा दिने लगायतका गतिबिधीलाई ब्यापक प्रबर्दन गर्यो अनि गरिदै पनि छ ।
स्वास(प्रस्वास, थुकका छिट्टा लगायतबाट सर्ने कोरोना सन्क्रमणबाट बच्न बिश्व स्वास्थ्य सँगठन, हरेक मुलुक र सस्थाहरुले निकै ठुलो लगानी र पहल गर्नु परिरहेको छ । अमेरिका, भारत, रसिया, बेलायत, ब्राजिल लगायतका मुलुकमा गम्भिर रुपमा फैलिरहेको कोभिड(१९ को संक्रमण फेब्रुवरी २०२१ सम्म आइपुग्दा नेपालमा पनि करिब ३ लाख मानिसमा कोरोना पोजेटिभ देखिएको छ भने २ हजार भन्दा बढी मानिसले जीवन गुमाइ सकेका छन । माहामारी सङै रोग, भोक, शोकले आक्रान्त जन जीवनलाई हाल साल मात्र शुरु भएको कोरोना बिरुद्दको खोपले केहि राहत दिने आशा गरिएको छ । कोरोना माहामारी पछी देखिएको सामाजिक, मानसिक लगायतका समस्याका बारेमा पनि उचित मनो परामर्श हुनु जरुरी देखिन्छ ।
अमेरिका, बेलायत, चीन, रसिया लगायत देशले खोप बनाएर नागरिकहरुलाई दिन थालिसकेको अबस्था छ। यो लेख लेख्दा सम्म नेपालले भारतबाट अनुदान पाएको १० लाख थान कोरोना बिरुद्दको खोपलाई अग्रपन्ती रहेर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाई कर्मचारीहरुले लगाउने क्रम चलिरहेको छ। भारतले नेपाललाई प्रदान गरेको खोप बेलायतको अस्कफोर्ड युनिभर्सिटी र एस्ट्रेजेनेका नामक कम्पनीले बिकास गरी बिभिन्न देशमा उत्पादन हुँदै आएको छ जस मध्य भारतको सिरम इन्सिच्युट उत्पादित कोभिशिल्ड भ्याक्सिन हो ।
यो खोपलाई विश्व स्वास्थ्य संगठन तथा नेपालको औषधि विभागले आपतकालीन प्रयोगको लागि स्वीकृत दिएको हो। यो खोप व्यापक अध्ययन, अनुसन्धान, क्लिनिकल ट्रायल आदि पार गरेर सुरक्षित मानिएको छ । तथापी यसका असर र प्रभाबकारीता बारेमा निरन्तर अनुसन्धान भने जारी नै छ ।
यो खोप लगाउदा केहि ब्यक्तीलाई सामान्य असरहरु ज्वरो आउने, शरीर दुख्ने, थकान महशुस हुने भए पनि ठुलो असर भने देखिएको छैन। यदी त्यस्तो असर देखिएमा सम्बन्धित निकायमा खबर गर्न सकिने र तत्काल ब्यबस्थापन गर्न सक्ने गरी सरकारले ब्यबस्था मिलाएको छ ।
खोप लगाउँदा आफ्नो शारीरिक अवस्थाबारे जानकार स्वास्थ्यकर्मीसँग परामर्श गरेर तथा उहाँहरूको निगरानीमा खोप लगाउनु उपयुक्त हुन्छ । आज नलगाए पनि भोलि खोप लगाउनु नै छ। बाकी नेपालीहरुलाई खोपको पहुच पुर्याउन सरकारले थप पहल गरीरहेको छ ।
लेखक जनस्वास्थ्यकर्मी हुनुहुन्छ ।