Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको कृषि क्षेत्रको बिकासमा कषिमन्त्री थापाको बिशेष चासो : बिभिन्न फर्महरुको अनुगमन


9.6K
Shares

गोरखाको कृषि क्षेत्रको बिकासमा कषिमन्त्री थापाको बिशेष चासो : बिभिन्न फर्महरुको अनुगमन

गोरखा २६, माघ ।  गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले प्रदेश सरकार अन्र्तगत कृषि मन्त्रालय अन्र्तगत गोरखा जिल्लामा सञ्चालित कार्यक्रमहरुको अनुगमन गर्नुभएको छ ।

बिभिन्न कार्यक्रममा सहभागी हुन गोरखा आइपुग्नु भएका मन्त्री थापाले शनिबार गण्डकी गाउँपालिका भित्रका कृषि फार्म, पोल्टि फार्म लगायतको अनुमगन गर्नुभएको हो ।

उहाँले गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित बसन्त पोल्टि फर्म, सोही स्थानमा सञ्चालनमा रहेको मातृभूमि कृषि तथा पशु पालन फर्मको अनुगमन गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला अध्यक्ष समेत रहनु भएका मन्त्री थापा शुक्रबार नेकपा गोरखाको आयोजनामा भएको गण्डकी प्रदेशबाट नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य हरुको बधाई तथा सम्मान कार्यक्रममा सहभागी समेत हुनुभएको थियो ।

त्यस्तै उहाँले गण्डकी प्रदेशको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत जिल्ला रहेका सरकारी कार्यालयका प्रमुखहरु संग भेटघाट तथा अन्तरक्रिया समेत गर्नुभएको जनाइएको छ ।

मन्त्री थापाले शनिबार जिल्लाको गण्डकी गाउँपालिका ८ ध्याल्चोकमा रहेको

सामुहिक कृषि सहकारी लि।को १९औ वार्षिक साधारणसभालाई समेत सम्बोधन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology