Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चैते दसैँमा गोरखकाली मन्दिरमा दर्शनार्थीको घुइँचो


966
Shares

चैते दसैँमा गोरखकाली मन्दिरमा दर्शनार्थीको घुइँचो

गोरखा, १३ चैत । चैते दसैँका अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको गोरखकाली मन्दिरमा शुक्रबार दर्शनार्थीको घुइँचो लागेको छ ।

कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजन बिहानैदेखि लाइनबद्ध छन् । ‘‘भक्तजनलाई व्यवस्थित रूपमा मन्दिरको दर्शन र पूजापाठ गराउनका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले भन्नुभयो, “मन्दिरमा आवश्यक अन्य सबै सुरक्षा व्यवस्था मिलाइएको छ ।” मन्दिरमा एकैदिन २ हजार भन्दाबढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको कालिका मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

चैत्राष्टमी र चैतेदसैँमा कालिका मन्दिरमा विशेष पूजाआजा हुन्छ । कालिका मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परा समेत छ ।

कालिका मन्दिरसँंगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रूपमा लिइन्छ । गोरखाको अर्को प्रशिद्ध मन्दिर मनकामना मन्दिरमा पनि श्रदालु भक्त जनको घुईचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology