गोरखा, ८ भदौ । नेपालको पछिल्लो राजनीतिक परिवर्तन र वर्तमान संघीय राज्य पुर्नसंरचनाको मुख्य आधार १० बर्षे सशस्त्र जनयुद्ध नै हो । जनयुद्धले नेपालको तत्कालिन राज्य संरचनालाई नै उथलपुथल बनाइदियो । जनयुद्धले २३७ बर्षभन्दा लामो राजतन्त्रलाई घुडा मात्र टेकाएन् विश्व कम्युनिष्ट आन्दोलन र क्रान्तिको इतिहासमा एउटा सफल क्रान्तिको रुपमा जनयुद्ध दर्ज भयो । जनयुद्ध केवल हतियारको लडाइँ थिएन् ।
यो त ऐतिहासिक रूपान्तरणका लागि थियो ।
नेपाललाई गणतन्त्रमा पु¥याउने, समावेशी लोकतन्त्रको बाटो खोल्ने र समानता, न्याय र स्वतन्त्रताको चेतना जगाउनसक्ने खालको क्रान्ति बन्यो जनयुद्ध । त्यहीँ महान जनयुद्धका सर्वोच्च कमाण्डर हुन् प्रचण्ड अर्थात् पुष्पकमल दाहाल । उनी नेतृत्वमा रहेको नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते सुरु गरेको जनयुद्ध र २०६३ मा राज्यसत्तासंग बृहत शान्ति सम्झौताले नेपालको राजनीतिक संरचना, सामाजिक स्वरुप र राज्यसत्ता नै परिवर्तन गरिदियो ।
जब प्रचण्डले काँध फेरेर जनयुद्धको घोषणा गरे, त्यसले तत्कालीन सत्ता, समाज र सिंगो राज्य संयन्त्रलाई हल्लाइदियो । त्यसैगरी, जब उनले काँध फेरेर बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरे, त्यसले नयाँ नेपालको यात्रालाई संस्थागत गरिदियो । जनयुद्ध तयारीका क्रममा सशस्त्र क्रान्ति गर्ने वा नगर्ने भन्ने विवाद तत्कालिन पार्टी भित्र नभएको होइन् तर एउटा आँट, हिम्मत र साहासका प्रतिक प्रचण्डले राजनीतिक काँध फेर्ने हिम्मत गरेँ । हजारौँ जनतालाई क्रान्तिको यात्रामा लामबद्ध गरेँ ।
प्रचण्डको उक्त राजनीतिक काँध फेर्ने हिम्मतले दुई खालका तरंग ल्यायो । एकातिर यसले परिवर्तन खोज्ने जनतामा आशा जगायो भने अर्कोतिर राज्य संयन्त्र र यथास्थितीवादीमा त्रास पैदा ग¥यो । गाउँदेखि सिंहदरबारसम्म जनयुद्धले धर्ती हल्लायो । शान्ति प्रक्रियामार्फत अघि बढ्ने अर्को हिम्मत प्रचण्डले गरेँ । अनि सशस्त्र युद्धको काँध फेरेर २०६३ साल मंसिर ५ गते भएको बृहत शान्ति सम्झौता भयो । यी दुई राजनीतिक मोडहरुले नेपाली धर्ती थरथरी हल्लाएको मात्र होइन, नेपाली समाज र राज्यको संरचनालाई नै पुर्नपरिभाषित गरिदियो ।
जनयुद्धकै कारण सामन्ती संरचना, निरंकुश राजतन्त्र र राज्यशक्तिको अहंकारमा चुनौती दियो । संघीय लोकतान्त्रिक गणतन्त्र आज हामी जहाँ उभिएका छौँ, त्यो यात्रा केवल सहज वा सरल थिएन । यसमा रगत, आँशुु, बलिदान र थुप्रै कठिज संघर्षको इतिहास गाँसिएको छ । लामो समयसम्म एकै थरी वर्ग, जात, धर्म र क्षेत्रको नियन्त्रणमा भएको राज्य शक्तिलाई छिन्नभिन्न जनयुद्धले नै बनाइदियो ।
त्यही जनयुद्धले महिलालाई चुल्होचौकोबाट निकालेर परिवर्तनको नेतृत्व र सिंगो राज्यको नेतृत्व गर्ने ठाउँमा पु¥याइदियो । जनतालाई आफ्नो अधिकार माग्ने सक्ने, खोस्ने र अधिकारका लागि बोल्नसक्ने बनाइदियो । जुन अहिले पाइरहेका छौँ । जनयुद्धले राज्यसत्ताको दमन र थिचोमिचोमा परेर निरन्तर लुटिएका किसान, मजदुर, महिला, दलित र आदिवासीलाई बोल्ने साहस दियो । त्यसैले जनयुद्ध मात्र युद्ध थिएन, यो सामाजिक चेतना जागृत गर्ने आन्दोलन पनि थियो । जनयुद्धको जगमा नेपाल गणतान्त्रिक देश बन्यो ।
नेपाल नयाँ युगमा प्रवेश ग¥यो । यद्देपी युद्धकालमा उठाइएका एजेण्डाहरु अझै पुरा हुन सकेका छैनन् । गरिबी उन्मूलन, रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँच अझै अपूरा छन् । प्रचण्डमाथि आरोप छ जनयुद्धको बलिदानलाई शान्ति प्रक्रियामा पूर्णता दिन सकेन् । सत्तासाझेदारी र अवसरवादले आन्दोलनको मूल मर्म कमजोर पा¥यो । यद्देपी यी आलोचनाहरु जतिनै गरिएपनि एउटा तथ्यलाई नकार्न सकिँदैन—प्रचण्डले राजनीतिक काँध नफेरेर भए नेपालको रुपान्तरण सम्भव थिएन् र अझैपनि छैन् ।
यदि जनयुद्धको थालनी नभएको भए राज्यसत्ता यति छिटो परिवर्तन हुन्थेन । यदि शान्ति सम्झौता नभएको भए, गणतन्त्रको बाटो यति छिटै खुल्दैनथ्यो । त्यसैले, जनयुद्धलाई क्रान्तिकारी थालनी र शान्ति सम्झौता ऐतिहासिक उपलब्धी नै हो । नेपाल आज लोकतान्त्रिक गणतन्त्रको यात्रामा छ । यो यात्रा प्रचण्डले काँध फेरेर सुरु गरेको जनयुद्ध र अर्को काँध फेरेर गरेको शान्ति सम्झौताले सम्भव भएको हो । तर, मुलुकमा अझै आर्थिक समानता, सुशासन, न्याय र अवसरको सवाल अधूरा छन् जुन सत्य पनि हो ।
यद्यपि, नेपालको समकालीन राजनीतिक इतिहासमा प्रचण्डले काँध फेरेर गरेका दुई निर्णायक कदम—जनयुद्धको घोषणा र बृहत शान्ति सम्झौतामा हस्ताक्षर—बिना नेपालको रूपान्तरण सम्भव थिएन । जनयुद्ध एक क्रान्तिकारी थालनी थियो जसले राज्यसत्ता हल्लाइदियो । बृहत शान्ति सम्झौता एक ऐतिहासिक उपलब्धि हो जसले मुलुकलाई नयाँ बाटोमा डोर्यायो । अझैपनि परिवर्तनको हुटहुडी प्रचण्डमा जति सायदै कसैमा छैन् ।
अहिले पनि प्रचण्ड नेपाल राजनीतिको मियो हो । प्रचण्ड विनाको राजनीति र प्रचण्ड विनाको परिवर्तन अझै सम्भव छैन् । संसदीय संख्यामा कमजोर भएका प्रचण्ड राजनीतिक निष्ठा, आर्दश, जिम्मेवारी र जवाफदेहितामा मात्र होइन् सिंगो गणतान्त्रिक नेपालको संवाहकको रुपमा पनि सवैभन्दा बलिया र शक्तिशाली राजनीतिज्ञ हुन् ।
२०६२/०६३ देखि २०८२ सम्म आइपुग्दा नेपालको राजनीति प्रचण्डको वरिपरि घुमिरहेको तथ्य नै हो । चाहे जुनसुकै सरकार बनोेस् चाहे प्रचण्ड सत्तामा हुँदा होस् वा सत्ता बाहिर हुँदा । त्यसैले त प्रचण्डले अझै राजनीतिक काँध फेर्दा पृथ्वी हल्लिन्छ हलिन्न थाहा छैन् तर नेपालको राजनीति हलिन्छ कम्रेड !
लेखक प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ ।