गोरखा, १४ फागुन ः गोरखामा बाटो खन्ने क्रममा ढुङ्गा खसेर लाग्दा स्काभेटर चालकको मृत्यु भएको छ ।
जिल्लाको अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा आज दिउँसो बा.प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
मत्यु हुने तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ बर्षका रामबहादुर आलेमगर भएको उहाँले बताउनुभयो । कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्रयाक खोल्नेक्रममा अचानक माथिबाट ठूलो ढुङ्गा स्काभेटर र चालकलाई लागेको थियो ।
चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो । ढुङ्गा लागेर स्काभेटरमा समेत क्षति पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।