Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखामा जवरजस्ती करणीको आरोपमा एक शिक्षक पक्राउ


9.3K
Shares

गोरखामा जवरजस्ती करणीको आरोपमा एक शिक्षक पक्राउ

गोरखा १३ फागुन ः गोरखामा जवरजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको धार्चे गाउँपालिकास्थित एक विद्यालयमा कार्यरत शिक्षक कमल बहादुर वोहोरालाई १५ बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरीकार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ परेका वोहोराले गएको पौष महिनादेखि पटकपटक र यहीँ माघ २८ गते राती ति बालिकालाई बलात्कार गरेको भन्दै पिडित परिवारले प्रहरीमा जाहेरी दरखास्त दिएको उहाँको भनाई छ ।

जाजरकोट, नलगाड नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका बोहोरा घर भई गोरखा जिल्ला धार्चे गाउँपालिका स्थित एक विद्यालयमा कार्यरत शिक्षक बर्ष बोहरालाई फागुन ७ गते पक्राउ गरिएको हो ।

उनी विरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology