गोरखा, ११ फागुन ः मोटरसाइकल दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएका एक युवकको शव ९ दिनपछि आज फेला परेको छ ।
यहीँ फागुन २ गते मुग्लिन–नारायणघाट सडकखण्ड अन्र्तगत पर्ने चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल भई त्रिशूलीमा खस्दा बेपत्ता हुनुभएका २७ वर्षीय रोहित राना शव भेटिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।
विहान एउटा शव सोही ठाउँको काली खोला नजिकै माछा मार्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर शवको उद्धार गरी पहिचान गर्ने क्रममा उक्त शव बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल दुर्घटनामा परेर नदीमा वेपत्ता भएका रानाको भएको परिवारले पुष्टी गरेको उहाँले बताउनुभयो ।
त्रिशूलीमा नदीमा तैरिरहेको अवस्थामा उहाँको शव फेला परेको प्रहरीको भनाई छ । उहाँ भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिडेको परिवारका सदस्यहरुले बताएका थिए । रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।