Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखामा आत्महत्या दुरुत्साहन कसूरमा एक जना महिला पक्राउ


4.9K
Shares

गोरखामा आत्महत्या दुरुत्साहन कसूरमा एक जना महिला पक्राउ

गोरखा, ११ फागुन । रोजगारीको शिलसिलामा कुवेतमा गोरखाका १ जना पुरुषले आत्माहत्या गरेका छन् । आत्महत्या लगत्तै गोरखामा बस्दै आएकी १ जना महिलालाई प्रहरीले पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्वा दर्ता गराएको छ ।

आरुघाट गाउँपालिका–८ आरुपोखरीका २४ बर्षिय शिव रम्तेलले गएको पौष २३ गते मंगलबार रोजगारीको शिलसिलामा कुवेतमा आफै सुत्ने कोठामा डोरीको पासो लगाएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्तकका आमा फुल मायाँ रम्तेलले प्रहरीमा फागुन ४ गते ति महिला बिरुद्व आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दर्ता गराए लगत्तै फागुन ८ गते पक्राउ परेका थिए ।

पक्राउ परेका महिलाको बिरुद्व गोरखा प्रहरीले फागुन ५ गते नै मुद्वा दर्ता गरी मुलुकी अपराध संहिता, २०७४ को दफा ९२० बमोजिम बहिक्षेत्रिय अधिकारको प्रयोग गरी गोरखा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

पक्राउ परेकी ति महिलालाई प्रहरीले फागुन ९ गते शुक्रबार अदालतबाट अनुसन्धानकालागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । प्रहरीले ति महिला गोरखा नगरपालिका भित्रैको भएता पनि नाम र ठेगाना भने खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology