गोखरा, १० फागुन । नेपाल शिक्षक महासङ्घ गोरखाले प्रस्तावित शिक्षा विधेयक चालु हिउँदै अधिवेशनबाट पास गराउन माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई गोरखालाई ज्ञापन पत्र बुझाएको छ ।
समन्वय इकाईको कार्यालयमा पुगेर समन्वय प्रमुख रमेश मैनालीलाई महासंघले मागसहितको ज्ञापन पत्र बुझाएको महासंघ गोरखाका अध्यक्ष चुडामणी काप्रीले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझाउनका अध्यक्ष काप्रीको नेतृत्वमा गणेशराज सेडाई, राजन कट्टेल ,शिव श्रेष्ठ, तेजबहादुर नेपाली, मिन बहादुर नेपाली, अनन्त न्यौपाने लगायत गोरखा नगरपालिकाभित्र कार्यरत शिक्षक कार्यालयमा पुगेको थिए ।
ज्ञापन पत्रमा शिक्षक तथा कर्मचारीहरुको माग सम्बोधनहुने गरी चालु आर्थिक बर्षको हिउँदे अधिबेशनमा नै विद्येयक पारित गर्नुपर्ने उल्लेख गरिएको छ ।
महासंघले शिक्षा विद्येयक तत्काल पास गराउन माग गर्दै आज गोरखासहित देशभरका समन्वय इकाईमा ज्ञापन पत्र बुझाएको हो ।