Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङग्राहलयको भ्रमण


1.7K
Shares

आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङग्राहलयको भ्रमण

गोरखा, ८ फागुन । नेपाल एकिकरणको इतिहास अध्ययन गर्ने थलोको रुपमा विकास हुँदै गएको ऐतिहासिक गोरखा दरबार सङग्राहलयमा आठ महिनाको अवधीमा ७५ हजार भन्दाबढी पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।

चालु आर्थिक बर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्यपर्यटक गरि ७५ हजार ७ सय ९१ जनाले सङग्राहलयको अवलोकन भ्रमण गरेको सङग्राहलयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङग्राहलयको भ्रमण गर्नेमध्ये सवैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरु रहेका छन् । ‘‘गोरखा दरबार सङग्राहलयमा नेपाल एकिकरणको इतिहास बुझ्न र अध्ययन गर्न पाइन्छ, प्रमुख कार्कीले भन्नुभयो, ‘‘शैक्षिक भ्रमणका सिजनमा थुप्रै जिल्लाबाट सङग्राहलय अवलोकन गर्न विद्यार्थीहरु आइपुग्छन् ।’’

त्यस्तै सार्क राष्ट्र र अन्य देश पर्यटकहरु समेत गोरखा दरबार सङग्राहलय घुम्न आउने गरेको उहाँको भनाई छ । प्रमुख कार्कीले साउनयता सङग्राहलयको भ्रमण गर्नेहरुमा ४३ हजार ८ सय ४८ जना विद्यार्थीहरु रहेका छन् ।

त्यस्तै ३० हजार ७ सय ४ जना आन्तरिक पर्यटक, एक हजार १ सय ६६ जना तेस्रो मुलुकबाट आएका विदेशी पर्यटक र ७३ जना सार्क राष्ट्र भित्रका पर्यटकले सङग्राहलयको भ्रमण गरेको प्रमुख कार्कीले जानकारी दिनुभयो ।

सदरमुकामस्थित ठूलो आँगनको परिषरसंग जोडिएर रहेको गोरखा दरबार सङग्राहलयमा पर्यटकहरुले नेपाल एकिकरणका थालनीकर्ता तत्कालिन राजा पृथ्वीनारायण शाहलगायतका शाहबंशका राजाहरुको इतिहास अध्ययन गर्न पाउनेछन् ।

सङग्राहलयमा पृथ्वीनारायण शाहको चिना, भाडाकुडा, मानापाथी, हातहतियार तथा विभिन्न कलात्मक सामग्रीहरूको पनि अवलोकन गर्न सक्नेछन् भने काष्ठकलाले भरिपूर्ण तिनमुखे झ्याल, टुँडाल, १६ वटा थामको कलात्मक बरण्डा संग्रहालयको थप आर्कषणको रुपमा रहेका छन् ।
त्यस्तै बिभिन्न जातजातिको सँस्कृति र परम्परा झल्कने डमी, दिव्य उपदेश कक्ष, तैलचित्र कक्ष, बंशावली कक्ष, धार्मिक परम्परा कक्षलगायत गरी १२ ओटा प्रर्दशनी कक्ष सङग्राहलयमा रहेको छ । यो सङग्राहलयमा विंस २०६५ सालदेखि सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology