Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

बन्दीपुरमा सचिवमाथि कुटपिटको घटनाप्रति पालुङटार नगरपालिकामा कार्यरत कर्मचारीको भत्र्सना


2.4K
Shares

बन्दीपुरमा सचिवमाथि कुटपिटको घटनाप्रति पालुङटार नगरपालिकामा कार्यरत कर्मचारीको भत्र्सना

गोरखा, ६ फागुन । गोरखाको पालुङटार नगरपालिकामा कार्यरत कर्मचारीहरुले हिजो तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिवमाथि वडाध्यक्षबाट भएको कुटपिटको घटनाको भत्र्सना गरेका छन् । आज संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको प्रेस बिज्ञप्तिमा वडासचिव, एवं वरिष्ठ प्रशासन सहायक नविन भुषालमाथि कुटपिट तथा अमानवीय दुव्र्यवहारपूर्ण घट्नाप्रति पालुङटार नगरपालिका, गोरखामा कार्यरत सम्पूर्ण कर्मचारीले घोर निन्दा भत्सर्ना गरेका हुन् ।

बन्दीपुर ६ को वडा कार्यालयबाट संचालन भएको वडाध्यक्ष कप भलिबल प्रतियोगिताको विल भुक्तानीलाई लिएर सोही वडाका वडाध्यक्ष बलबहादुर गुरुङले आवेशमा सचिव भुसालमाथि कार्यकक्षमै निर्घाट कुटपिट गरी घाइते बनाएका थिए । वडाध्यक्ष गुरुङले भुषाललाई ज्यान मार्ने धम्कीसमेत दिएको सो घटना अत्यन्तै निन्दनीय भएको भन्दै कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

कर्मचारीमाथि यसअघि पनि यस्ता अमानवीय, निन्दनीय घटनाहरु तथा हर्कतहरु निरन्तर रुपमा हुँदै आएको भन्दै बिज्ञप्तिमा उक्त घटनालाई पालुङटार नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले शान्तिपूर्ण, विधिपूर्ण, तटस्थतापूर्ण कार्य गर्ने वातावरण नभएको र आफ्नो जिउ ज्यान माथिको गम्भिर खतराको रुपमा लिएको उल्लेख गरेका छन् ।

बिज्ञप्तिमा कर्मचारीको सुरक्षाको प्रत्याभूति र दोषी उपर कारबाही गर्न, आगामी दिनमा कर्मचारीमाथि हुने त्यस्ता अमानवीय, अप्रिय घटनाहरु हुन नदिन जोडदार मागसमेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology