Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

धार्चेको सिङ्ला पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान


1.7K
Shares

धार्चेको सिङ्ला पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

गोरखा, ६ फागुन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ ।

वाटरइनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

‘‘गाउँपालिकाको पहलमा कम्पनीसंग प्रतिमृतक रु ३ लाख र घाइतेलाई रु ६ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, उहाँले भन्नुभयो, ‘‘सोही सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक रु १ लाख ५० हजार र घाइतेलाई रु ३ लाख उपचार खर्च सोमबार उपलब्ध गराइएको हो ।’’

कम्पनीका कर्मचारीसमेत भएकाले मृतक रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहतवाहेक थप रु ७ लाख दिने सहमति अनुसार पहिलो किस्ताको रु ३ लाख ५० हजार पनि प्रदान गरिएको प्रशासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।

कम्पनीले बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने उहाँको भनाई छ । गएको गत साउन १३ गते करिब ३ बजेको समयमा राती रेसेफाँटको पहिरोमा परेर एकै परिवारका तीन जनासहित ५ जनाले ज्यान गुमाएका थिए ।

गाउँपालिका र कम्पनी बीच गत पुस २५ गते बैठक बसेर मृतकका परिवार र घाइतेलाई राहत रकम उपलब्ध गराउने सहमति भएको थियो । पहिरोमा परी घाइते हुनुभएका दिलिप गुरुङलाई गाउँपालिकाको तर्फबाट सामेबार नै रु १ लाख राहत उपलब्ध गराएको प्रसासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।

गाउँपालिकाले भने मृतकका परिवारलाई यसअघि नै राहत रकम उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology