गोरखा, ५ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको औल्याउनु भएको छ ।
गोरखा नगरपालिका–१०, स्थित तारानगर स्वास्थ चौकीमा आधारभूत स्वास्थ्य सेवाका लागि चिकित्सकीय सेवाको आज शुभारम्भ गर्नुहुँदै उहाँले कुल बजेटको कम्ति १० प्रतिसत बजेट स्वास्थ्य क्षेत्रका लागि बिनियोजन गर्नुपर्ने कुरामा सरकार प्रयत्नशील रहेको बताउनुभयो ।
‘‘स्वस्थ्य नागरिक, स्वस्थ्य जनशक्ति भएन भने भौतिक पूर्वाधारको उपयोग कोरा कल्पना मात्रै हुन्छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, त्यसैले पहिलो प्राथामिकता स्वास्थ्य क्षेत्रलाई दिनुपर्छ भनेर प्रदेश सरकारले विशेष कार्यक्रमहरु ल्याएको छ ।’’
उहाँले जनताको स्वास्थ्यसंग सरकार सम्वेदनशिल रहेकोभन्दै किड्नीका बिरामीले डायलासिसका लागि पालो पर्खनुपर्ने बाध्यताको अन्त्य गरिएको बताउनुभयो । प्रदेश सरकारले नसर्ने रोगका बिरामीहरुको स्कृनिङ सेवा गाउँगाउँमा पु¥याएको बताउदँै मुख्यमन्त्री पाण्डेले रोगको जोखिम पहिचान गरेर समयमै अस्पतालसम्म पठाउने गरिएको उल्लेख गर्नुभयो ।
‘‘कम्तिमा पनि आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक बन्चित हुनुहुँदैन, स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संविधान प्रद्धत अधिकारी पनि हो ।’’ उहाँले भन्नुभयो । जनताले विकासको माग गर्दा स्वास्थ्यमा भन्दा सडक पूर्वाधारमा बढी हुने गरेको उहाँको भनाई छ ।
‘‘धेरै जसोको विकासका माग गर्दा बाटोघाटो र सडकको माग गरेर आउने गर्दछन्, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, तर स्वास्थ्य सेवाको गुणस्तर बढाइदिनुस्, स्वास्थ्य चौकीका लागि बजेट बिनियोजन गरिदिनुस् भनेर बजेट कमैले मात्र माग्ने गरेका छन्, स्वास्थ्य क्षेत्रको विकासका लागि जनता आफैपनि जागरुक हुन् पनि आवश्यक छ ।’’