Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा नगरपालिकामा पर्यटन बर्षको प्रचारका लागि सवारी साधनमा ‘स्टिकर’ टाँस्न सुरु


2.3K
Shares

गोरखा नगरपालिकामा पर्यटन बर्षको प्रचारका लागि सवारी साधनमा ‘स्टिकर’ टाँस्न सुरु

गोरखा, ५ फागुन ।  गोरखा नगरपालिका पर्यटन बर्ष २०८१’ को प्रचारप्रसारका लागि जिल्ला भित्र चल्ने सार्वजनिक सवारी साधानमा स्टिकर टाँस्न सुरु गरिएको छ । गोरखा नगरपालिका गोरखाले जिल्लास्थित यातायात व्यवसायीसंग छलफल गरेर नगरपालिका पर्यटन बर्षको प्रचारका लागि सवै सार्वजनिक यातायात बस तथा माइक्रोबसहरुमा ‘स्टिकर’ राख्न थालिएको हो ।

‘‘सहमति अनुसार आज औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक सवारी साधनमा ‘स्टिकर’ टाँस्न थालिएको हो, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो, ‘‘यातायात व्यवसायीलगायतका सरोकारवालासंग उपस्थितीमा झण्डै ४० भन्दाबढी बस तथा माइक्रोबसमा ‘स्टिकर’ टाँसिएको छ ।’’

बाँकी रहेका सवारी साधनहरुमा भने सम्बन्धित टिकट काउन्टर, सम्बधित यातायात व्यवसायीले आफैले ‘स्टिकर’ टाँस्ने व्यवस्था मिलाइएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । त्यस्तै सवारी साधनमा पर्यटन बर्षको प्रचारका लागि नगरपालिकाले प्रकाशन गरेका ब्रोसर, बुकलेटलगायतका सामाग्रीसमेत उपलब्ध गराइएको छ ।

गोरखाबाट बिभिन्न शहरहरुमा आवातजावत गर्ने सयौँ सवारी साधनमा पर्यटन बर्षको ‘स्टिकर’ टाँस गरेपछि ‘गोरखा पर्यटन बर्ष २०८१’ को व्यापक प्रचार हुने अपेक्षा गरिएको उहाँको भनाई छ । सोही अवसरमा नगरपालिकाले स्टिकर टाँस्न बाँकी रहेका सवारी साधनमा ‘स्टिकर’ टाँस्नका लागि सम्बन्धित टिकट काउण्टर र यातायात व्यवसायीलाई आवश्यक पर्ने ‘स्टिकर’ उपलब्ध गराइएको छ ।

नगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष सफल बनाउन यातायात व्यवसायीले आफ्नो ठाँउबाट भूमिका खेल्न तयार रहेकाले जिल्ला भित्रका सवै सार्वजनिक सवारी साधन पर्यटन बर्षको ‘स्टिकर’ टाँस्न सुरु गरिएको गोरखा दरौँदी यातायात प्रा.लिका अध्यक्ष नारायण खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology