Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गण्डकी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया


2.2K
Shares

गण्डकी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

गोरखा ४ फागुन । गोरखाको गण्डकी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा भ्रष्टाचार न्युनीकरणका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आसमान तामाङ, गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासनिक अधिकृत भुवन चापागाँई, विभिन्न वडा अध्यक्षलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology