Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोखरमा जेसिजको आयोजनामा फुटसल हुँदै


1.6K
Shares

गोखरमा जेसिजको आयोजनामा फुटसल हुँदै

गोरखा,२ फागुन । गोरखा नगरपालिकाको पर्यटन बर्षको अवसबर पारेर जेसिजहरु बिच बन्धुत्व भावना सिर्जना गर्ने गरी गोरखा बजार क्षेत्रमा फुटसल आयोजना गरीएको छ ।

गोरखा जेसिज गोरखाले फेलोसिप अन्तरर्गत एरिया ‘बि’ को राष्ट्रिय निरुपीत उपाध्यक्ष अभिषेक दुलाल अन्तरर्गतका शाखाहरु बिच फुटसल गर्न लागेको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो शाखामा कुल १५ क्लबहरु भएता पनि १ महिलाहरुको भएकाले १४ क्लबको सहभागिता हुने छ । सबै क्लबका नयाँ सदस्य भएकाले परिचय र सामिप्यताको लागि पनि फुटसल सहयोगी हुने अध्यक्ष गुरुङको भनाई छ ।

आउदो चैत्र १ र २ गते हुने फुटसल गोरखा नगरपालिका–९ को लक्ष्मि बजारको दल भञ्ज्याङमा रहेको खेलकुद मैदानमा हुने छ । अध्यक्ष गुरुङका अनुसार गोरखा सहित भानु बन्दिपुर, लमजुङ, ब्यास, शुक्ला गण्डकी, लेखनाथ, पोखरा, बालिङ, बागलुङ तथा माडीमा रहेको जेसिजहरुले फुटसलमा सहभागीता जनाउने छन् ।

फुटसलमा पहिलो र दोस्रो हुने समूहलाई नगद ५० र ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरीने भएको छ । साथै खेलमा उत्कृष्ठ गोल रक्षक, डिफेन्डर, फेयर प्ले, गोलकर्ता र म्याच अफ दि टुर्नामेन्टलाई समेत नगद र प्रमाण पत्र प्रदानगरीने आयोजक गोरखा जेसिजले जनाएको छ ।

नक आउटको आधारमा हुने खेलमा ३ लाख ९० हजार खर्च हुने अनुमान गरीएको छ । सहभागी समूहले दर्ता शुल्क बापत ५ हजार शुल्क बुझाउनु पर्ने पनि आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology