Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

सामाजिक संजालको दुरूपयोग गरी डररत्रास फैलाएको भन्दै गोरखाका २ जना सहित ७ जना पक्राउ


2.5K
Shares

सामाजिक संजालको दुरूपयोग गरी डररत्रास फैलाएको भन्दै गोरखाका २ जना सहित ७ जना पक्राउ

गोरखा, २६ माघ । सामाजिक संजालको दुरूपयोग गरी डररत्रास फैलाएको आरोपमा प्रहरीले गोरखाका २ जना सहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा आरूघाट गाउँपालिका(७ आरुपोखरी घर भएका २७ वर्षीय सुमन पराजुली र आरूघाट गाउँपालिका(६ आरुआरवाङ घर भएका २९ वर्षीय पदम बहादुर मगर सहित ७ जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

उनीहरु स‌गै प्रहरीले काठमाडौं महानगरपालिका(२६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका(१ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका(७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका(११ घर भएका ३९ वर्षीय गुण बहादुर गुरूङ, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका(७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका(७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका(३ घर भएका ३९ वर्षीय गोपाल मोक्तान रहेका छन् ।

उनीहरुले विभिन्न मितिमा तरवार, खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटक लगायतका सामाजिक संजालमा केक काट्ने वहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारणमा डररत्रास सृजना गरी आतंकित बनाउने कार्यमा संलग्न रहेको आरोपमामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology